२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

दाङको घोराहीमा आगलागीबाट ६ वटा घरगोठ जलेर नष्ट

फाईल तस्वीर

दाङको घोराहीमा आगलागीबाट ६ वटा घरगोठ जलेर नष्ट भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ चाक्लीघाटमा चार घर परिवारको ६ वटा घरगोठ जलेर नष्ट भएको हो । रत्नबहादुर वलीको घर, गोठ, चर्पी र ५ वटा खसी जरेर नष्ट भएको छ ।
त्यस्तै कली वलीको घर, गोठ, चर्पी, सुन्दर वलीको घर, गोठ, भान्छा, चर्पी सहित १० वटा खसीबाख्रा र एउटा गोरु जलेर नष्ट भएको वडा अध्यक्ष केशबराज आचार्यले जानकारी दिए ।