२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

तुलसीपुरनगर जेसिजद्धारा २० अक्सिजन सिलिण्डर हस्तान्तरण

तुलसीपुरनगर जेसिजले विभिन्न काेराेना अस्पतालका लागि २० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकाे छ ।
‘मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै तुलसीपुरनगर जेसिजले अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकाे हाे ।
२० ओटा अक्सिजन सिलिण्डर मध्ये १० ओटा कोरोना विशेष अस्पताल बेलझुण्डि , ८ वटा मेट्रो हस्पिटल तुलसीपुर र २ वटा बबई कोरोना अस्पतालमा हस्तान्तरण गरिएको तुलसीपुरनगर जेसिजका अध्यक्ष नेत्रलाल भण्डारी (नारायण) ले जानकारी दिनुभयाे ।
तुलसीपुरनगर जेसिजले काेराेना महामारीकाे याे विषम परिस्थितिमा विभिन्न सामाजिक सेवा गर्दै आएकाे छ । आज शान्तिनगरकाे आइसाेलेसनका विरामीलाई निशुल्क पानी, सेनिटाइजर तथा साबुन वितरण गरिएकाे थियाे ।