२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

सल्यानमा मृत भेटिएकी महिलाको बलात्कार पछि हत्या भएको परिवारको आशंका

 

सांकेतिक तस्वीर ।

सल्यानमा मृत अबस्थामा भेटिएकी एक महिलाको परिवारले बलात्कार पछि हत्या भएको आशंका गरेका छन् । सल्यान दार्मा गाउँपालिका वडा नम्बर ५ गौतेकी २८ वर्षीया खिमा खत्री खड्काको बलात्कार पछि हत्या भएको आशंका गरेका छन् ।

गत जेठ ३१ गते बेलुकादेखि हराइरहेकी खिमा १ गते बिहान स्थानीय ठोलो खोला भन्नेमा मृत अवस्थामा भेटिएकी थिइन् । घटनाको सबै प्रकृति हेर्दा उनको बलात्कार गरेर हत्या गरेको हुनसक्ने परिवारको आशंका छ । यद्यवी पोस्टमार्टम रिपोर्ट भने आएको छैन् ।

१ गते पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको ती महिलाको शव २ गते पोस्टमार्टम पश्चात् अहिले जिल्ला अस्पतालमा नै राखिएको छ। घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न मृतकका श्रीमान खिम बहादुर खड्काले आग्रह गरेका छन् ।

८ महिना अघि भारत गएका उनि घटना भएको तीनदिन पछि न्यायको लागि नेपाल फर्किएका छन् । उनि सँगै उनका परिवार, घरछिमेक र आफन्त गरि १५ जना जति न्यायको लागि अहिले सदरमुकाम खलंगा आएका छन् ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले यो घटनालाई गम्भीरतापूर्वक हेरेको र अनुसन्धान जारी रहेको बताएका छ्न ।