२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

गायिका टिका सानुले गरिन मृगौला पिडित मनमतीलाई ५७ हजार सहयोग (भिडियो सहित)

चर्चित लोकदोहोरी गायिका टिका सानुले दाङको बबई ५ हुरुम निवासी दुबै मृगौला फेल भई थलिएकी मनमती कुमाललाई सहयोग रकम प्रदान गरेकी छन् । दाङ घर भएकी चर्चित गायिका टिका सानुले विभिन्न व्यक्तिले सहयोग गरेको रकम लिएर गृह जिल्लामा आएर मनमतीलाई ५७ हजार रुयैया सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

विगत लामो समय देखि २७ बर्षीया मनमती मृगौला पिडित हुदै आएकी छन् । पश्चिमदाङका युवा नेता तथा सामाजिक अभियान्ता झुपु क्षेत्रीले मनमतीको उपचारमा सहयोग गर्दै आएका छन् । मनमतीको हप्ता हप्तामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृगौलाको डायालासिस हुदै आएको छ ।  मनमतीको परिवारको अवस्था निकै दयनिय रहेको छ । आफ्नो घर नहुँदा मनमतीको परिवार आफन्तिको घरमा बस्दै आएको छ ।

दुवै मृगौला पिडित मनमतीको अवस्था देख्न नसकेर औषधी उपचारमा सहयोग गरेको युवा नेता तथा सामाजिक अभियान्ता क्षेत्रीले बताए । सामाजिक अभियान्ता क्षेत्रीले मनमतीको अवस्थामा बाहिर ल्याएपछि गायिका टिका सानुले चासो लिएका थिइन् । मनमतीको यस्तो अवस्था देख्न नसकेर विभिन्न व्यक्तिबाट सहयोग जम्मा गरेर सहयोग रकम ल्याएर आएको गायिका टिका सानुले बताईन् ।