२०८१ बैशाख २९ गते शनिवार
२०८१ बैशाख २९ गते शनिवार

नेकपामा प्रवेश गर्नेहरु बढ्दै, त्रिवेणीमा थप ८१ जना नेकपा बने

सल्यान : कर्णाली प्रदेशको सल्यानमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको वडा कमिटीलाई सक्रीय बनाउन सफत ग्रहण कार्यक्रमहरु सन्चालन भैरहेका छन ।

सल्यानका स्थानिय तहहरुमा वडा स्तरका कमिटीका पदाधिकारी हरुलाई सफत गराई पार्टीका कामकाजमा सक्रीय बनाउन सफत ग्रहणलाई सन्चालन गरिएको हो ।

यसै क्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्यान त्रिवेणी गाउँपालिकाले पार्टीका सांगठनिक गतिबिधीलाई सक्रिय बनाउन थालेको छ । पार्टीका सांगठनिक क्रीयाकलापमा सल्यानका अरु स्थानिय तहका पार्टी कमिटी भन्दा त्रिवेणी गाउँपालिकाको पार्टी कमिटी अझ बढी सक्रिय भएर लागेको छ ।

पार्टी एकिकरण पश्चात गाउँस्तरमा केही समय यता नेकपाको सांगठनिक गतिबिधीमा कमी आएको भए पनि हाल पछिल्लो समय चलायमान हुन थालेको छ । सोही अनुसार सल्यानको त्रिवेणी गाउँपालिकामा पनि नेकपाका कार्यक्रमहरु सुरु हुन थालेका हुन ।

बुधबार त्रिवेणी गाउँपालिका वडा नम्बर २ र ३ का वडा कमिटीका पदाधिकारीलाई सफथ खुवाईएको छ । वडा नम्बर २ का पार्टी अध्यक्ष डिल्ली वली, सचिब युवक बुढाथोकी वडा नम्बर ३ का अध्यक्ष मानबहादुर डाँगी र सचिब नेबबहादुर खड्का सहित वडा नम्बर २ र ३ का सम्पुर्ण वडा कमीटीका अन्य पदाधिकारी र वडा सदस्यहरुलाई पद तथा गोपानियताको सपथ खुवाईएको छ । सपथ ग्रहण कार्यक्रम वडा कमीटीका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम् सल्यान जिल्ला ईन्चार्ज तथा संघिय सांसद टेकबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा नेकपा नेता लोकेन्द्र खड्का, भिसन नेपाली र अजय रोकाको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ८१ जना नेपाली कांग्रेस सहित विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रबेश गरेका छन् । त्रिवेणी गाउँपालिका वडा नम्बर ३ का ८१ जनाले नेपाली कांग्रेस पार्टी सहित विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रबेश गरेको नेकपाका युवा नेता डिल्लीराज खड्काले जानकारी दिनुभएको छ ।