२०८१ बैशाख १५ गते शनिवार
२०८१ बैशाख १५ गते शनिवार

फ्रान्सको राजधानी पेरिससहित ९ शहरमा कर्फ्यूको घोषणा

फ्रान्सको राजधानी पेरिससहितका ९ शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कर्फ्यूको घोषणा भएको छ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले पेरिस तथा अरु ८ शहरमा रातिको समयमा कर्फ्यू लगाउने घोषणा गरेका हुन् ।

फ्रान्समा अहिले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

राति ९ बजेपछि बिहान ६ बजेसम्म आउँदो शनिबारदेखि चार हप्ताका लागि कर्फ्यू लागु हुने राष्ट्रपति म्याक्रोँले टेलिभिजन अन्तर्वार्ताको क्रममा बताएका हुन् । यस्तै उनले सार्वजनिक स्वास्थ्य आपतकाल पनि घोषणा गरेका छन् ।