२०८१ बैशाख २९ गते शनिवार
२०८१ बैशाख २९ गते शनिवार

बाँकेमा ९ जना जुवाडे डेढ लाख नगदसहित पक्राउ

जुवा खेलिरहेको अवस्थामा बाँकेमा ९ जुवाडे डेढ लाख रकमसहित पक्राउ परेका छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ बौद्ध टोलस्थित भट्टु मियाँको घरमा जुवा खेलिरहेका अवस्थामा मियाँसहित ९ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।

मियाँको घरमा दिउँसै हारजित हुने गरी जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको टोली सोमबार दिउँसो साढे १२ बजेतिर उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूको साथबाट एक लाख ५० हजार एक सय ६५ नगद र छ गड्डी तास बरामद भएको एसपी रानाले बताए।

प्रहरीले जुवामा पक्राउ परेकामध्ये घर धनी मियाँबाहेक अरू कसैको नाम भने सार्वजनिक गरेको छैन। पक्राउ परेका सबैविरूद्ध प्रहरीले जुवा ऐनअन्तरगत मुद्दा चलाएर अनुन्धान गरिरहेको जानकारी दिएको छ।