२०८१ बैशाख २५ गते मङ्गलवार
२०८१ बैशाख २५ गते मङ्गलवार

जेष्ठ नागरीकलाई विभिन्न सामाग्री वितरण

दाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ ले जेष्ठ नागरीकलाई सम्मानका लागि विभिन्न किसिमका सामाग्री वितरण गरेको छ । आज एक कार्यक्रमका विच वडा भित्र रहेका जेष्ठ नागरीकलाई सामाग्री वितरण गरेको हो ।

वडा अध्यक्ष गिरीराज बस्नेतको अध्यक्षता एवम् गाउँकार्य पालिका सदस्य लक्ष्मण प्यारी चौधरीको प्रमुख आथित्यमा वडामा रहेका जेष्ठ नागरीकलाई सम्मान गर्दै सामाग्री वितरण गरिएको हो ।

सो अवसरमा जेष्ठ नागरीकलाई झोला, छाता, ब्रुस, मञ्जन, मास्क तथा सेनिटाइजर वितरण गरिएको वडा सचिव रोमहर्ष के.सीले जानकारी दिनुभयो ।