२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

दाङ क्षेत्र नं. २ प्रदेश सभा २ मा प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) निर्वाचित

दाङ क्षेत्र नं. २ को प्रदेश सभा २ मा प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका हुन् ।आज बिहान सार्वजनिक भएको मत परिणाममा न्यौपानेले एमाले उम्मेदवार गिरिराज केसीलाई १ हजार १ सयभन्दा बढी मत अन्तरले हराएका हुन् । न्यौपानेले १७ हजार ८२२ र उनका निकटतम प्रतिस्पर्धी केसीले १६ हजार ६९९ मत प्राप्त गरेका छन् ।