२०८१ बैशाख २३ गते आइतवार
२०८१ बैशाख २३ गते आइतवार

सल्यानमा कुटपिटबाट एक जनाको मृत्यु

सांकेतिक तस्वीर ।

सल्यानमा एक समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ६ वडागाउँका २१ वर्षीय विकास वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कुमाख गाउँपालिका ५ कौछेको एक घरबाट विवाहको भोज खाई फर्कने क्रममा दुई समूहबिच विवाद हुँदा कुटाकुट भएको थियो ।
कुटपिटबाट घाइते भएका वलीको मिसन अस्पताल रुकुम पश्चिमको चौरजहारीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लिने क्रममा बुधबार बिहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनु भयो ।
कुटपिटबाट अन्य दुई जना वडागाउँका १८ वर्षीय शुसिल केसी र २८ वर्षीय मदन केसी घाइते भएको प्रहरीको भनाई छ । घाइते मध्ये मदन भने डिस्चार्ज भइसकेका छन् भने अर्का एक जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।

कुटपिट गर्ने अन्दाजी २० वर्षीय मानसिहं कुमाई, १९ वर्षीय हेमन्त थापा लगायत फरार ११ जनालाई नियन्त्रणमा लिएको र  आवश्यक अनुसन्धानलाई अघि बढाएको प्रहरीको  भनाई छ ।