२०८१ बैशाख २३ गते आइतवार
२०८१ बैशाख २३ गते आइतवार

बंगलाचुलीकाे महेन्द्र नमुना माविले मनायो ६२ अौं बार्षिकोत्सव

दाङको बंगलाचुली गाउँपालिका बडा नम्बर ३ सिरीवारी रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको बुधबार विविध कार्यक्रमको आयोजना गरी ६२ औं बार्षिकोत्सव सम्पन्न भएको छ।
विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष शिवे दमाईको सभापतित्व तथा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममको विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, पुर्व प्रधानपञ्च तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकराम घिमिरे, गाउँपालिका शिक्षा शाखा प्रमुख ओमप्रकाश के सी रहनुभएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको हालको अवस्था शन्तोषजनक रहेको र आगामी दिनमा अझ राम्रो प्रगति गर्दै जाओस् भनि शुभकामना व्यक्त गरेका थिए।
विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर बुढाले विद्यालयको हालको आर्थिक, भौतिक, शैक्षिक अवस्था बारे जानकारी गराउनु भएको थियो।
उक्त अवसरमा विद्यालयका छात्र छात्राहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए। विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै १०० जना भन्दा बढी विद्यालय लाई भौतिक तथा आर्थिक सहयोग प्रदान गर्ने चन्दा दाता, पुर्व विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु, प्रधानाध्यापक, शिक्षक, अभिभावक लगायत लाई दोसल्ला ओढाई फूलमाला, खादा ओढाएर प्रशंसा पत्रले सम्मान गरिएको थियो। वार्षिकोत्सवलाई लक्षित गरी संचालित विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता छात्र छात्राहरुलाई प्रसंशा पत्र तथा अन्य पुरस्कार प्रदान गरिएको थियो।
विद्यालयका शिक्षक खेमराज शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक चेतनाथ पौडेलले गर्नु भएको थियो ।