२०८१ बैशाख २५ गते मङ्गलवार
२०८१ बैशाख २५ गते मङ्गलवार

दम्पति सम्बन्ध सुधार सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

दाङको बबई गाउँपालिकामा उपाध्यक्षसंग दम्पति सम्बन्ध सुधार सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बबई गाउपालिकाको आयोजनामा सुमधुर सम्बन्ध भएका दम्पती साथै न्यायिक समितिबाट पुनर्मिलन भई मिलेर बसेका दम्पतीहरुको कार्यक्रम सहभगिता रहेको थियोे ।
सो अवसरमा विवाह पछि कहिले झगडा नभएका जोडि तथा न्यायिक समितिबाट पुर्नमिलन भएर बसेका दम्पतिलाई तालि बजाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकमर्माले परिवारका पहिले दम्पतिको सम्वन्ध सुधार भएमात्र घर अनि सुन्दर समाजको निमार्णै हुने बताउनु भयो । उपाध्यक्ष विश्वकर्माले गाउपालिकको न्यायिक समितिमा आउने मुद्धाको ७५ प्रतिशत मुद्धाहरु पति पत्नीको विवादमा भएको जानकारी गराउँदै त्यसलाई कम गर्न पनि दम्पति सम्वन्ध सुधारको कार्यक्रमको अवश्यकता परेको बताउनु भयो ।

कार्यक्रममा बबई गाउँपालिकाका लेखा अधिकृत खिमलाल वली, कार्यपालिका सदस्य तथा वडा नं ४ का वडा सदस्य गौरी वोहोरा , वडा नं ४ का वडा सदस्य रणविर खत्री,५ का वडा सदस्य शालिकराम पौडेल, अन्तरपार्टि महिला सञ्जाल बबईका सदस्य अन्जु घर्ती, न्यायिक समिति कर्मचारी डिल्ली वली लगायतले कार्यक्रम बोलको थिए ।
सो कार्यक्रममा कार्यक्रममा बबर्इ गाउँपालिका वडा नं ४ र ५ का १५ जना जोडिको सहभागिता रहेको थियो । बबई गाउपालिकाको ७ वटै वडामा यो कार्यक्रम सञ्चालन गरिने बताइएको छ । कार्यक्रममा दलित सेवा संघ दाङका छवि परयारले दम्पतिहरुलार्इ प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको सहजिकरण बबई गाउपालिका महिला बालबालिका शाखा संयोजक इश्वरा रावतले गर्नु भएको थियो ।