२०८१ बैशाख २५ गते मङ्गलवार
२०८१ बैशाख २५ गते मङ्गलवार

पश्चिमदाङमा सर्पदंशबाट एक बृद्धको मृत्यु

सांकेतिक तस्बिर ।

पश्चिमदाङमा सर्पदंशबाट एक बृद्धको मृत्यु भएको छ । शान्तिनगर गाउँपलिका वडा नं. ७ कुमलगढि निवासी करिब ७० बर्षीय हिरालाल भारतीको सर्पदंशको कारण मृत्यु भएको हो ।
बिहिवार करिब ५ बजे तिर सर्पले टोके पछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले कोहलपुर रिफर गरेकाले उपचारका लागि लैजादै गर्दा बाटैमा सितलपुर नजिकै मृत्यु भएको स्थानीय ओम भण्डारीले जानकारी दिए । अस्पतालको लापरबाहीका कारण सर्पदंशबाट भारती जस्ता धेरैको ज्यान गएको भण्डारीले गुनासो गरेका छन् ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार कम रिफर बढि हुने गर्दछ ।