२०८१ बैशाख २५ गते मङ्गलवार
२०८१ बैशाख २५ गते मङ्गलवार

जनताको सेवकको रुपमा काम गर्छु : प्रजिअ कुरुम्वाङ

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले आफुले जनताको सेवकको रुपमा काम गर्ने बताएका छन् ।
आफु प्रशासकको रुपमा नभइ जनताको सेवकको रुपमा काम गर्ने उनको भनाइ रहेको छ ।

भरखरै सरुवा भएर दाङ आउनु भएका प्रमुख जिल्ला अधिकारी संग दाङ जिल्ला उद्योग बाणिज्य संघले गरेको परिचयात्मक कार्यक्रममा उनले यस्तो वताएका हुन । आफुले काम गर्दा कुनै लोभ प्रलोभनमा परेर काम नगर्ने उनले बताए । ‘सबैले निष्ठा र इमान्दारीता पुर्वक काम गर्नु पर्दछ ’ प्रजिअ कुरुम्वाङलले भने, ‘देशको समृद्धी र विकासका लागि निजी क्षेत्रको महत्वपुर्ण भुमिका रहेको छ’ , निजी क्षेत्रको विकासका लागि वातावरण वनाउन आफनो सहयोग रहने बताए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफलेले जनताले अनुभुती गर्ने गरेर काम गर्ने बताए । ‘केही समय भित्रमा नै केही परिवर्तन भएको पाउनु हुने छ’ प्रहरी प्रमुख काफलले भने । यसका लागि नागरिकले प्रहरीलाइ सुचना दिएर सहयोग गर्न आग्रह गरे । नागरिकले दिने सानो सुचनाले पनि प्रहरीलाई धेरै सहयोग मिल्ने उनको भनाइ रहेको थियो । ‘प्रहरी २४ घण्टा नै नागरिकलाइ नि शुल्क सेवा दिन तयार रहेको छ ’ उनले भने । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा सहभागिलाई धन्यावाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गरेका थिए । भने कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।