२०८१ बैशाख २५ गते मङ्गलवार
२०८१ बैशाख २५ गते मङ्गलवार

बबईमा तपाईको मास्क खोई अभियान

पश्चिमदाङको बबईमा तपाईको मास्क खोई अभियान सञ्चालन गरिएको छ । बबईका ९ जना युवाहरुले तपाईको मास्क खोई अभियान सुरुवात गरेका हुन । अभियानलाई आज एक कार्यक्रमका विच ईलाका प्रहरी कार्यलय हापुरेका प्रमुख कृष्ण खड्काले सुरुवात गरिदिएका हुन् । आज बबई गाउँपालिकाका विभिन्न स्थानमा १२ वटा ठुलो तथा २५ वटा सानो सचेतनामुलक पोस्टर राखिएको छ ।
कोरोना महामारी अझै कायम रहेको तर नागरिकमा मास्क नलगाउने पाएकाले तपाई मास्क खोई अभियान सुरु गरिएको कोरोनामा हाम्रो सहयोग अभियानका संयोजक विष्णु खातीले जानकारी दिनुभयो ।
अभियानमा विष्णु खातीको संयोजनमा लोकबहादुर केसी, रेशम विक, खुमबहादुर विक, रुद्रसिङ विक , गुमानसिङ विक, गोपाल विक लगायतका रहेका छन् ।