२०८१ बैशाख २५ गते मङ्गलवार
२०८१ बैशाख २५ गते मङ्गलवार

पश्चिमदाङको खैरेनीमा ट्याक्टर पल्टिदा चालक गम्भिर घाइते

पश्चिमदाङको शान्तिनगर – ७ खैरेनीमा ट्याक्टर पल्टिदा चालक गम्भिर घाइते भएका छन् ।
खेत जोतेर तुलसीपुर – सुर्खेत खण्डको मेन सडकमा जानेक्रममा रा १ च १९३१ नं. ट्याक्टर पल्टिदा खैरेनीका २७ बर्षीय चालक र मालिक समेत रहेका सिताराम चौधरी गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नविन चुडालीले जानकारी दिनुभयो ।
घाइते चौधरीको टाउँको र छातिमा गम्भिर चोट लागेको छ । उनलाई उपचारका लागि राप्ती प्रादेशि अस्पताल तुलसीपुर लगिएको छ ।