२०८१ बैशाख २५ गते मङ्गलवार
२०८१ बैशाख २५ गते मङ्गलवार

बबई ६ मा ६५ सय कागती वितरण

पश्चिमदाङको बबई गाउँपालिका वडा नं. ६ ले वडाबासीलाई कागती वितरण गरेको छ । वडा भित्रका रहेका वडाबासीलाई एक घर तीन कागती वितरण गरिएको छ ।

६ नं. वडामा रहेका १२ सय घरधुरीलाई कागती वितरण गरिएको वडा अध्यक्ष राम वहादुर डाँगीले जानकारी दिनुभयो ।

यसैगरी व्यवसायीक कागती गर्ने कृषकलाई एक सय देखि ३ सय सम्म कागती वितरण गरिएको वडा अध्यक्ष डाँगीले बताउनुभयो । वडाले वडाबासीका लागि सबैगरी ६५ सय कागती वितरण गरेको छ ।