२०८१ बैशाख २५ गते मङ्गलवार
२०८१ बैशाख २५ गते मङ्गलवार

विद्यार्थीलाई पोशाक र झोला वितरण

पश्चिमदाङको बबई गाउँपालिका वडा नं. ६ ले विद्यार्थीलाई विद्यालय पोशाक र झोला वितरण गरेको छ । भानुभक्त माध्यमिक विद्यालय कौशिलापुर र सुधाशाह आधारभूत विद्यालय छाउनीडाँडामा एक कार्यक्रमका विच कक्षा १ का अतिविपन्न परिवारका विद्यार्थीलाई विद्यालय पोशाक र झोला वितरण गरेको हो ।
वडा अध्यक्ष राम वहादुर डाँगीको अध्यक्षता एवम् बबई गाउँपालिका शिक्षा शाखाका जित वहादुर केसीको प्रमुख आथित्यमा सो सामाग्री वितरण गरिएको थियो ।