२०८१ बैशाख २५ गते मङ्गलवार
२०८१ बैशाख २५ गते मङ्गलवार

ईप्रका खिलतपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण, मास्क बैंक स्थापना

माहुरी होमले ईलाका प्रहरी कार्यालय खिलतपुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नविन चुडालीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । आफ्नो ज्यानको प्रवाह नगरी नागरीकको सुरक्षाको लागि छटिने सुरक्षाका लागि मास्क, सेनिटाइजर, पञ्जा लगायतका विभिन्न सामाग्री हस्तान्तरण गरिएको माहुरी होमले जानकारी दिएको छ ।

ईप्रका खिलतपुरमा मास्क बैंक स्थापना
ईलाका प्रहरी कार्यालयमा मास्क बैंकको स्थापना गरिएको छ । कार्यालयमा आउने सेवाग्राहीलाई मास्क निशुल्क प्रदान गर्ने उद्येश्यले मास्क बैंकको स्थापना गरिएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक नविन चुडालीले जानकारी दिनुभयो । कोभिड – १९ महामारीबाट बच्न अनिवार्य मास्क प्रयोग गर्नुपर्ने भएकाले सेवाग्राहीका लागि मास्क बैंक स्थापना गरिएको प्रहरी निरिक्षक चुडालीले बताउनुभयो ।