२०८१ बैशाख २४ गते सोमवार
२०८१ बैशाख २४ गते सोमवार

शान्तिनगरमा सासु बुहारीहरुको अन्तरक्रिया कार्यक्रम

शान्तिनगर, २८ माघ । एकै घरमा सासु बुहारी बिच बेमेल भइ बसेकालाइ मेलमिलाप गराएर सँगै बस्ने बाताबरण सिर्जना गर्ने उद्देश्यले शान्तिनगर गाउँपालिका अन्तरर्गत महिला बालबालीका तथा जेष्ठ नागरीक शाखा चिराघाटले सोमबार हिँसा पिडीत सासु बुहारी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सातै वटा वडाका १८ जोडि सासु बुहारीको सहभागीता रहेको कार्यक्रममा अबदेखि आफुहरु सासु बुहारी बिच राम्रो सँबन्ध राखी बस्ने प्रतिबद्धता ब्यक्त गरेका छन । समाजमा बिभिन्न कारणले गर्दा सासु बुहारी बिच सम्बन्ध बिग्रेका कारण गाउँपालीकाले यस्तो कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

शान्तिनगर गाउँपालिकाकी उपाध्यक्ष मिथीला शाहको अध्यक्षता एवं गाउँपालीकाका अध्यक्ष कमानसिँह डाङीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला शाखाकी प्रमुखशाबित्रा आचार्य ले कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन भने सहजीकरण देबकी न्यौपानेले गरेकी थिइन ।